पत्नीमाथि कैँची प्रहार गर्ने आलम समातिए

0 Shares

विराटनगर ।  सुन्दरहरैँचामा १ जना व्यक्तिले आफ्नै पत्नी माथि बुधबार दिउँसो कपडा काट्ने कैँचीले प्रहार गरेका छन् ।

सुन्दरहरैँचा नगरपालिका–९ दीपेन्द्र चोकका ४२ वर्षीय खुर्सित आलमले आफ्नै पत्नी ३८ वर्षीया इन्दिरा अधिकारी (खातुन)माथि कैँची प्रहार गरेको प्रहरीले जनाएको छ ।

घरयासी विवादका क्रममा पतिले दिउँसो करिब ४ बजेतिर कैँची प्रहार गर्दा इन्दिरा घाइते भएकी छन् ।

शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएकी उनको सुकुना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

उनको अवस्था मध्यम छ । पत्नीमाथि कैँची प्रहार गर्ने खुर्सितलाई प्रहरी पक्राउ गरेको छ ।

घटनामा प्रयोग गरिएको कैँची पनि बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचारसबै