0
Shares
सिराहा । विष्णुपुर गाउँपालिका ४ थलहा कटाहास्थित दुर्गा मन्दिरको पर्खाल निर्माणका कारण यहाँ रहेको दलित बस्तीको बाटो बन्द हुने भएको छ ।
मन्दिर घेर्ने क्रममा लगाएको पर्खालले पश्चिम तर्फ रहेको १० घर महरा घरपरिवार मध्ये ६ परिवारको बाटो नै बन्द भएको हो।
मधेस प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास कार्यालय लहानबाट ५० लाख ६० हजार ४ सय ५५ रुपैयाँ निकास भएपछि दुर्गा मन्दिरको पर्खाल निर्माण जारी छ।
पर्खाल निर्माणका कारण स्थानीय सञ्जय महरा, रामशंकर महरा, शिवर महरा, जयनन्द महरा, शिवु महरा र बुधराम महराको घरबाट मूल सडकसम्म पुग्ने बाटो बन्द भएको छ । उनीहरूको घर अगाडि मन्दिरतर्फबाट ६ फिट बाटो छाडेर पर्खाल निर्माण गरेपछि गाउँको मुख्य सडकमा निस्किने बाटो ब्लक भएको हो ।