रेमिट्यान्समा ट्रम्पले कर लगाउँदा भारतलाई धक्का पुग्ने डर

0 Shares

काठमाडौँ- सरकारी कर तथा खर्चसम्बन्धी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले निकै जोडतोडका साथ अघि सारेको, उनकै शब्दमा, “वन बिग, ब्युटिफुल बिल एक्ट” विधेयकभित्र रहेको एउटा प्रावधानमा विदेश पठाइने रकमबाट अर्बौँ तान्ने प्रस्ताव गरिएको छ।

ग्रीन कार्डधारी वा एच-वानबीसहितका अस्थायी भिसामा काम गरिरहेका विदेशी कामदारले अमेरिकाबाहिर पठाउने रेमिट्यान्स रकममा ३.५% कर लगाउने प्रस्ताव गरिएको छ।

विश्वमै सबभन्दा धेरै विप्रेषण रकम भित्र्याउने भारतका लागि यस करको परिणाम गम्भीर हुने विश्लेषकहरूले बताएका छन्।

अमेरिकाबाट रेमिट्यान्स भित्र्याउने अन्य प्रमुख देशहरूमा मेक्सिको, चीन, फिलिपिन्स, फ्रान्स, पाकिस्तान र बाङ्ग्लादेश पर्छन्।

सम्बन्धित समाचारसबै