भ्रष्टाचारको खुलासा गर्ने पत्रकार मृत फेला -BHITRAKOKHABAR-

0 Shares

भारतमा पत्रकार मुकेश चन्द्रकारको हत्याका मुख्य आरोपित सुरेश चन्द्रकारलाई छत्तीसगढ प्रहरीको एसआईटीले आइतबार हैदराबादबाट पक्राउ गरेको छ।

३३ वर्षीय मुकेश चन्द्राकार यही जनवरी १ गते रातिदेखि घरबाट बेपत्ता भएका थिए। पछि उनको शव सेप्टिक ट्यांकीमा भेटिएको थियो।
सेप्टिक ट्यांकी अभियुक्त ठेकेदार मुकेश चन्द्रकारका मजदुर बस्ने ठाउँमा निर्माण गरिएको हो।
यस घटनामा जनवरी ३ का दिन प्रहरीले सुरेश चन्द्रकारका दुई दाजु रितेश चन्द्राकार र दिनेश चन्द्राकारसहित सुपरभाइजर महेन्द्र रामटेकेलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

वास्तवमा, डिसेम्बरमा पत्रकार मुकेश चन्द्राकारले माओवादी प्रभावित क्षेत्रमा सडक निर्माणमा भ्रष्टाचार भएको समाचार छापेका थिए।

सम्बन्धित समाचारसबै