इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

0 Shares

विराटनगर । इलामको देउमाई नगरपालिका–९ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बिहीबार प्र १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो सडकबाट खसेर दुर्घटना भएको हो। दुर्घटनामा जिपले थिचिएर चालक देउमाई नगरपालिका–१ चमैताका अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचारसबै