काठमाडौं |डीजल र पेट्रोल जस्तै हाइड्रोजनबाट गाडी चलाउन दिने कानुन बन्दै|
तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षअघि ‘हाइड्रोजन गाडी’ चढ्ने इच्छा व्यक्त गरे पनि उनको त्यो रहर पूरा भएन। नेपालमा हाइड्रोजन इन्धनबाट चल्ने गाडी पहिलो पटक चढ्ने अवसर चाहिँ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पाए।
काठमाण्डू विश्वविद्यालयले नेपाल आयल निगमसँगको सहकार्यमा स्थापना गरेको पहिलो हाइड्रोजन रिफ्यूलिङ स्टेशनबाट हाइड्रोजन भरेर चलाइएको कारको उद्घाटन भदौ १४ गते भयो।
तर प्रधानमन्त्री चढेको हाइड्रोजन कारलाई सडकमा गुडाउने इजाजत अझैसम्म प्राप्त भएको छैन। काठमाण्डू विश्वविद्यालय र आयल निगमले अध्ययन तथा परीक्षण प्रयोजनका लागि कोरियाबाट ल्याएको उक्त कार धुलिखेलमा राखिएको छ।लामो प्रतीक्षापछि नेपालका प्रधानमन्त्रीहरूबाटै बारम्बार चर्चा भएको हाइड्रोजन इन्धनबाट चल्ने सवारी साधनलाई आयात र दर्ता गर्न अनुमति दिने कानुनको मस्यौदा अहिले तयार भएको छ।