साउदीमा वार्ता को तयारी भइरहँदा युक्रेनमा रुसद्वारा घातक ड्रोन आ क्रमण,

0 Shares

काठमाडौं । साउदी अरेबियामा युद्धविरामको औपचारिक सहमतिका लागि वार्ताको तयारी भइरहँदा रुसले युक्रेनमा घातक ड्रोन आक्रमण गरेको छ ।

स्थानीय अधिकारीहरुका अनुसार युक्रेनको जापोसिज्जया शहरमा रुसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ । सो ड्रोन आक्रमणमा अन्य १२ जना घाइते भएका छन्

क्षेत्रीय गभर्नर इवान फेडोरोभका अनुसार आवासीय क्षेत्रमा भएको आक्रमणले घर भवन संरचना, कार तथा सार्वजनिक स्थलमा क्षति पुगेको छ । तस्विरमा जीवित रहेका व्यक्तिहरुको खोजी गरिरहेको देखिएको छ ।
तीन वर्षदेखि चलिरहेको युद्ध रोक्न भन्दै सोमबार रुस र युक्रेनी प्रतिनिधिमण्डलले साउदी अरेबियामा अमेरिकी अधिकारीहरुको रोहवरमा भिन्दा–भिन्दै बैठक गर्ने तयारी भइरहँदा रुसले ड्रोन आक्रमण गरेको हो ।

हाल रुस युक्रेन सैद्धान्तिक रुपमा सिमित युद्धविराम गर्न सहमत भएका छन् ।

सम्बन्धित समाचारसबै