नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात,

0 Shares

काठमाडौँ- पछिल्लो आठ महिनामा नेपालले करिब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ ।

विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो ।

पछिल्लो आठ महिनामा एक खर्ब ५८ अर्ब रुपैयाँको निर्यात गर्दा नेपालले ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, सात अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल, पाँच अर्ब ८३ करोड ७३ लाख रुपैयाँको अलैंची, चार अर्ब ३२ करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ ।

सम्बन्धित समाचारसबै