0
Shares
काठमाडौँ – अमेरिकामा पढ्न चाहने विदेशी विद्यार्थी र अन्यका लागि समेत अब भिसा प्रक्रिया जटिल हुने संकेत देखिएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्ना कूटनीतिज्ञहरूलाई विदेशी विद्यार्थी र अन्य प्रकारका भिसा आवेदकहरूको सामाजिक सञ्जाल नियालेर मात्रै भिसा प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
विदेशमन्त्री रुबियोले मार्च २५ मा विश्वभरका अमेरिकी कूटनीतिक मिसनहरूलाई पठाएको एक विस्तृत निर्देशनमा सामाजिक सञ्जाल जाँचको विषय समावेश छ । सो निर्देशनअनुसार अमेरिकी वाणिज्य दूतावासका कर्मचारीहरूले कतिपय विद्यार्थी र एक्सचेन्ज भिजिटर भिसा आवेदकहरूलाई ‘फ्रड प्रिभेन्सन युनिट’ मा अनिवार्य रूपमा पठाउनुपर्ने र त्यहाँ उनीहरूको सामाजिक सञ्जाल गतिविधिको मिहिन अध्ययन गर्नुपर्नेछ ।