0
Shares
काठमाडौँ –नेपाली सेनाको जहाज मेडिकल राहतसहित म्यानमारतर्फ उडेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बिहान सेनाको सीएन–२३५ विमान बंगलादेशको ढाका हुँदै म्यानमारका लागि उडेको हो ।
शुक्रबारको शक्तिशाली भूकम्पमा व्यापक जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट सेनाले मेडिकल सहायता गर्ने जनाएको छ ।
म्यानमारको मध्य क्षेत्रमा शुक्रबार ७ दशमलव ७ म्याग्निच्यूडको विनाशकारी भूकम्प गएको थियो । जसमा कम्तीमा २७ सय मानिसको ज्यान गएको थियो भने ४५ सय बढी सर्वसाधरण घाइते भएका थिए ।