केही समय यता निकै चर्चामा रहेको बिषय नक्कली परिचय पत्र बनाएर सोझा साझा मान्छेलाई विभिन्न किसिमको झेल जाल मा फसाई पैसा असुल्ने, नक्कली पत्रकारको परिचय पत्र बनाई विभिन्न ब्यक्तीहरु संग पैसा माङ्गने आफू सप्तरीकै ठूलो पत्रकार भनिने बिक्की सिंह प्रकाउ परेका छन ।
पत्रकारिताको आडमा अनैतिक कार्यहरु गर्दै आएकोले पछिल्लो समय उनी निकै आलोचित हुँदै गएको थियो ।
आरोपितहरु उपर लागेको मुद्दा मिलाई दिने भनेर पैसा माग्ने,होटेलमा खाएको पैसा तिर्न नमान्ने,रिपोर्टिङको नाममा बार्गेनिङ गर्ने कार्यहरु गर्दै आएको आरोप पब्लिकमा रहेको पाइएको छ।
राजविराजको रुपनी रोडमा सञ्चालनमा रहेको नेपाल होटेलका सञ्चालक कृष्ण यादवलाई पटकपटक धम्काउने र होटेलमा खाएर पैसा तिर्न नमान्ने जस्ता अनैतिक कार्य गरेको गम्भीर आरोप यादवले लगाएको थियो । त्यस्तै,पब्लिक खबर२४ का रिपोर्ट आदित्य अजयलाई फोन मार्फ ज्यान मार्ने धाक धम्की दिने सिंहको अडियो क्लिप बाहिर आएको थियो ।
उनले पत्रकार आदित्यलाई सप्तरी विभिन्न बाहाना मा फसाउने षड्यन्त्र गरीरहेको थियो ।
सिंहसहित उनका भाई र अन्य तीन जना उपर ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउन प्रहरीलाई पत्राचार गरेपछि सिंह पक्राउ परेका छ्न। सिंहका भाई बिकास सिंह,त्यस्तै मदन कुमार सिंह,प्रींस साह रराजविराज २ स्थित आर्मी ब्यारेकमा कार्यरत बिटु सिंह समेतले उक्त कसुर गरेको पत्रमा उल्लेख गरिएको छ।
पीडितले जिल्ला प्रहरी कार्यालय राजविराजमा जाहेरी दिँदा प्रहरीले दर्ता गर्न नमानेको अवस्थामा जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई मुद्दा दर्तावाल गर्न पत्राचार गरेको थियो ।