0
Shares
काठमाडौं- विश्वभरका १०० देशमा लगाइएको कर (भन्सार शुल्क) को सूची जारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् ।
यो सूची राष्ट्रपति ट्रम्पको कार्यालयले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेको छ । यस सूचीमा नेपालको नाम पनि समावेश छ । ट्रम्पले भारतमाथि २६ प्रतिशत कर लगाएका छन् ।
साथै, नेपालका अन्य छिमेकी देशमा फरक–फरक दरमा भन्सार लगाइएको छ । यस घोषणामा चीनमा ३४ प्रतिशत, पाकिस्तानमा २९ प्रतिशत, बङ्गलादेशमा ३७ प्रतिशत तथा म्यानमार र श्रीलङ्कामा ४४ प्रतिशत भन्सार लगाइएको छ ।