पत्नीको बिहे प्रेमीसँग गराइदिए, तर ४ दिनपछि फिर्ता ल्याए

0 Shares

भारती – भारतीय राज्य उत्तर प्रदेशमा एक पतिले आफैँले श्रीमतीको विवाह उनका प्रेमीसँग गराइदिए। तर चार दिनपछि फेरि फिर्ता ल्याए।

घटना सन्तकवीर नगर धनघाटा प्रहरी चौकी क्षेत्रस्थि एक गाउँको हो।

रिपोर्टअनुसार सन् २०१७ मा बबलु नामका व्यक्तिले गोरखपुरकी राधिकासँग बिहे गरे। दुई सन्तान पनि भइसको छन्।

केही समयअघि बबलु मजदुरी गर्न अर्को राज्यमा गएका थिए। यसपछि राधिकाले आफ्नै गाउँका युवक विकाससँग प्रेम सम्बन्ध विकास गरिन्। जुन कुरा हालै बबलुले थाहा पाए।

यसपछि उनले झगडा गर्नुको सट्टा पत्नीको इच्छाअनुसार उनलाई आफैँले प्रेमीलाई सुम्पने निर्णय गरे।

बबलुले आफ्नी श्रीमती राधिकाको बिहे उनका प्रेमी विकाससँग हिन्दु रीतिथितिअनुसार मन्दिरमा लगेर गराइदिए।

साथै अदालत गएर बयान रेकर्ड गराए। विवाहपछि बबलुले बेहुला र बेहुलीसँग फोटो पनि खिचाए।

राधिका पनि आफ्ना दुई छोराछोरी र पतिलाई छाडेर आफ्नो प्रेमी विकाससँग गइन्।

तर विवाह भएको चार दिनपछि बबलुलाई श्रीमतीको व्यापक याद आउन थाल्यो।

सम्बन्धित समाचारसबै