काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (अप्रिल २) विश्वका सबै अमेरिकी व्यापारिक साझेदारमाथि न्यूनतम १० देखि अधिकतम ५० प्रतिशतसम्म पारस्पारिक आयात कर लगाउने घोषणा गरे ।
ट्रम्पले २० लाख जनसंख्या भएको सानो र गरिब अफ्रिकी देश लेसोथोलाई ५० प्रतिशतको पारस्पारिक आयात कर लगाएका छन् । ट्रम्पले कुनै पनि देशमाथि लगाएको यो सबैभन्दा उच्च आयात कर हो ।
ट्रम्पको नयाँ आयात कर प्रत्येक देशसँग अमेरिकाको व्यापार घाटाको आधारमा गणना गरिएको थियो । यस्तो करको दर उक्त देशबाट अमेरिका आयात गरिएका वस्तुको कुल रकमले विभाजन गरिएको थियो । परिणामस्वरूप अमेरिकाबाट सीमित आयात गर्ने तर त्यहाँ धेरै निर्यात गर्ने साना अर्थतन्त्र भएका लेसोथो र मेडागास्करजस्ता देश बढी प्रभावित भएका अलजजिराले जनाएको छ ।
अमेरिकाको यो आयात करका कारण लेसोथोको अर्थतन्त्रमा गम्भीर असर पर्ने बताइएको छ । दुई अर्ब डलर जीडीपी भएको उक्त देश धेरै हदसम्म निर्यातमा निर्भर रहेको बताइएको छ ।