0
Shares
काठमाडौं- राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकी जनताले ट्रम्पको विरोध गरेको यो पहिलो पटक हो ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ ।
अमेरिकाका ५० राज्यमा लगभग १ हजार २०० स्थानमा प्रदर्शनहरु भइरहेको बीबीसीले समाचारमा भनेको छ । विरोध प्रदर्शनहरूलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो ।
प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलाहरू सहित धेरै मुद्दाहरूमा ट्रम्पको एजेन्डाप्रति आक्रोश व्यक्त गरिरहेका छन् । ट्रम्पले विश्वभरका धेरै देशहरूमा कर लगाउने घोषणा गरेपछि अमेरिका बाहिर पनि यस मामिलामा निकै छलफल र चर्चा भए ।