0
Shares
सोल । मंगलबार दक्षिण कोरिया राष्ट्रपतिको निर्वाचनको घोषणा भएको छ ।
त्यहाँको सरकारले नयाँ राष्ट्रपति चयनका लागि जुन ३ मा निर्वाचनको घोषणा गरेको छ ।
डिसेम्बरको शुरुमा मार्सल ल लगाएर देशलाई संवैधानिक संकटमा धकेलेका राष्ट्रपति युन सुक येओललाई संवैधानिक अदालतले अपदस्थ गरेपछि चुनावको औपचारिक घोषणा गरिएको हो । येओललाई बर्खास्त गरेको चार दिनपछि यो निर्णय भएको हो ।
मे ११ सम्ममा उम्मेदवारहरूले नाम दर्ता गराइसक्नु पर्नेछ । मे १२ देखि औपचारिक रूपमा चुनावी अभियान सुरु हुनेछ । राष्ट्रपतिको पद रिक्त भएपछि ६० दिनभित्र निर्वाचन गराउनु पर्ने व्यवस्था संविधानले गरेको छ ।