0
Shares
काठमाडौं- युक्रेनसँगको युद्ध सुरु भएदेखि नै रुसको अर्थतन्त्र पूर्ण रूपमा तेल, ऊर्जा र खनिज पदार्थको निर्यातमा निर्भर छ ।
युद्ध गर्न सक्ने रुसको क्षमतामा अंकुश लगाउन पश्चिमा देशहरूले रुसमाथि अनेकौँ प्रतिबन्धहरू लगाएका थिए । तर यी प्रतिबन्धले पुटिनलाई खासै समस्या भएन ।युक्रेन युद्धमा खर्च भएको पैसा भन्दा धेरैको तेल बेचिरहेका थिए । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका व्यापार साझेदारमाथि लगाएको अतिरिक्त भन्सार महसुल अर्थात् ट्यारिफका कारण रुसमाथि दबाब बढेको छ । ट्यारिफ युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उच्च कमी आएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा झरेको थियो । यसैबिच, कच्चा तेलको रुसी बेञ्चमार्क युराल प्रति ब्यारेल ५० मा झर्यो ।