झापाबाट काठमाडौं ल्याइँदै दुर्गा प्रसाईं

0 Shares

काठमाडौं ।बिहीबार (चैत २८) भारतको असाम प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई शुक्रबार (चैत २९) झापा हुँदै काठमाडौं ल्याउन लागिएको छ ।

नेपाल–भारतबीच सुर्पदुगी सन्धि नभएका कारण प्रसाईंलाई असाम प्रहरीले नियन्त्रणमा लिएर बिहीबार नेपाली पक्षलाई बुझाउन सकेको थिएन । शुक्रबार भने नेपाल प्रहरीले झापाको नाकाबाट पक्राउ गर्ने गरी वातावरण मिलाइएको हो । उनलाई विमानमार्फत काठमाडौैं ल्याइँदै छ ।

प्रसाईं झापा आइपुगेको र काठमाडौं पठाउने तयारी भएको झापा प्रहरी स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित समाचारसबै