मासिक रूपमा पाउन थाले तलबभत्ता दार्चुलाका शिक्षकले

0 Shares

दार्चुला- गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीको तलब विद्युतीय सूत्र प्रणाली (इएफटी)मार्फत मासिक रूपमा प्रदान गर्न थालेको हो।

सरकार र मालिकार्जुन गाउँपालिकाको नीति तथा कार्यक्रम र शिक्षा मन्त्रालयले गत मङ्सिर १७ गते स्थानीय तहलाई पठाएको मन्त्रीस्तरीय निर्णयअनुसार शिक्षकको खातामा मासिक तलब भुक्तानी गर्न थालिएको गाउँपालिका अध्यक्ष हीरासिंह धामीले बताए।

यसअघि त्रैमासिक रूपमा तलबभत्ता भुक्तानी हुँदै आएको थियो। पालिकाले अबदेखि निजामती र अन्य कर्मचारीलाई जस्तै गरी शिक्षकलाई पनि पाउने तलबभत्ता मासिक रूपमा भुक्तानी गराउने छ।

सम्बन्धित समाचारसबै