प्रधानमन्त्रीले सेनाका अधिकृत क्याडेटलाई खुकुरी प्रदान गरे

0 Shares

भक्तपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न किसिमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान एवम् कवाज प्रदर्शन निरीक्षण गरेका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा शुक्रवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट अधिकृतलाई पुरस्कार स्वरूप खुकुरी प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्व सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता रहेको बताए ।

सम्बन्धित समाचारसबै