0
Shares
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) का परराष्ट्रमन्त्री दुई दिने औपचारिक भ्रमणमा नेपाल आउँदैछन्।
यूएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नायन आज साँझ काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।