0
Shares
काठमाडौं । कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।
आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए ।
मंगलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो ।