एमसिसी परियोजना नेपालमा नरोकिने

0 Shares

काठमाडौं- नेपालसहित चार मुलुकमा एमसिसी परियोजना नरोकिने भएको छ।

अन्य देशमा एमसिसी रोकिए पनि नेपाल, सेनेगल, मंगोलिया र आइभोरी कोस्टमा भने नरोकिने समाचार संस्था रोयटर्सले समाचार प्रकाशित गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसिसी परियोजना बन्द गरिने भनेर एमसिसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो।

एमसिसी सम्झौता भएर काम पनि सुरू भइसकेका नेपाल, सेनेगल, मंगोलिया र आइभोरी कोस्टमा भने परियोजना बन्द नहुने भनिएको एमसिसीका एक कर्मचारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

 

सम्बन्धित समाचारसबै