चितवनमा २ वटा मोटरसाइकल ठोक्किंदा आगो लाग्यो

0 Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–७ वंशिचोकमा दुई मोटरसाइकल ठोक्किंदा आगलागी भएको छ ।

आगलागी भएकाबाट एउटा मोटरसाइकल जलेर पूर्ण रुपमा क्षति भएको छ ।शुक्रबार बिहान ८ः४० बजे गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५३ प ११७३ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको लु २७ प २११७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

मोटरसाइकल ठोक्किंदा दुवै चालक घाइते भएका छन् । घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले बताए ।

मोटरसाइकल आपसमा ठोक्किंदा आगो समेत बलेको थियो । उक्त आगोबाट ना ५३ प ११७३ नम्बरको मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचारसबै