ससुराको हत्या गरी १५ वर्ष भारतमा लुके,

0 Shares

२० वर्षअघि ससुराको हत्या गरी फरार भएका एक व्यक्तिलाई हदम्याद सकिन केही महिना बाँकीछँदा दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टरिगाउँ बस्दै आएका ३९ वर्षीय वीरबहादुर गुरुङ छन् ।

रोचक त के छ भने १५ वर्षसम्म लुकिछिपी भारतमा बसेका उनी पाँच वर्षअघि दाङमै फर्किएर प्रहरीकै पोल्ट्रीफार्ममा काम गरिरहेका थिए । यो कुरा गोप्य सूचनाको आधारमा पत्ता लागेपछि २०८२ सालको वैशाख १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।
पेण्डिङमा थियो केस, साउनमा सकिँदै थियो हदम्याद

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार गुरुङको घर दाङ तुलसीपुरको बरुवागाउँ हो । उनले आपसी विवादमा २०६२ साउन १४ गते तुलसीपुरकै अश्वारा घर भएका ससुरा काशीराम विकको हत्या गरेर श्रीमतीसहित फरार भएका थिए ।

भारत गएर उनी कहिले लुधियाना र कहिले बहराइचमा बसे । ‘१५ वर्षसम्म भारतमा बसेका उनी त्यहाँ गाडी चलाउने काम गर्दथे । यसबीचमा लुकिछिपी दाङ आउने गरेका उनी पछिल्लो समय तुलसीपुरको टरिगाउँमा बस्दै आएका थिए ।

सम्बन्धित समाचारसबै