आधारकाे प्रगति प्रतिवेदन गाउँपालिकालाई हस्तान्तरण

0 Shares

काठमाडौँ – आधार परियोजनाले सिंजा उपत्यका भित्रका तीन वटा गाउँपालिकामा १ सय २१ वटा शैक्षिक पूर्वाधार निर्माण गरेको छ।

परियोजनाले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जुम्लाका कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा कार्य क्षेत्र थियो। प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाद्वारा संचालित आधार परियोजनाले भूकम्प प्रतिरोधी विद्यालय भवन, मैत्रीपूर्ण कक्षा कोठा, शौचालय, खानेपानी धारा तथा मर्यादित महिनावारीका लागि पूर्वाधार निर्माण गरेको छ। उक्त परियोजनाले निर्माण गरेका संरचना, आएको सुधारका विषय समेटिएको प्रतिवेदनसहित परियोजना सम्बन्धित गाउँपालिका प्रमुख तथा उप-प्रमुखलाई हस्तान्तरण गरेकाे छ।

तीन गाउँपालिकाका ५ वटा विद्यालय भवन तथा २० वटा कक्षा कोठा, ६ मैत्रीपूर्ण शौचालय र १८ वटा शौचालय कोठा, ४२ वटा खानेपानीका धारा,२० वटा कक्षा कोठामा काठको सिलिङ, छाना मर्मत, प्लाष्टर, नाली निर्माण गरिएको छ।त्यस्तै, ६ वटा विद्यालयको ६५ मिटर पक्की घेराबार निर्माण, ५ वटा शौचालयमा महिनावारी व्यवस्थापनका लागि उपकरणसहित सुविधा, १० वटा खानेपानी स्टील ट्यांकी सहयोग लगायतका योजना र काम गरी लगभग १ सय २१ वटा पूर्वाधार निर्माण गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित समाचारसबै