विराटनगर स्थित भन्सारको कस्टम यार्डसम्म आज कार्गो रेल आउने भएको छ ।
भरात बाट आज प्रधानमन्त्रि पुष्प कमल दाहाल ‘प्रचण्ड’ र भारतीय समक्षी नरेन्द्र मेदीले आज कार्गो रेलको उद्घाटन गरेपछि रेल बिराटागर आईपुग्ने छ । प्रधानमन्त्रि दाहाल हिजो भारत प्रस्थान गरेका थिए ।
भारतको बथना रेल-वे स्टेशन बाट विराटनगर स्थित कस्टम यार्ड कार्गो रेल आईपुग्ने छ । रेलमा औधोगिक कच्चा पदार्थ , फलामका बिलेट लगायत अन्य सामग्रीहरु नेपाल आउने उद्योगी सुयोष प्याकुरेलले बताए । कार्गो रेल संचालमा आएपछि ढुवानी बापत् भाडामा ३५ प्रतिशत सम्म आफुहरुलाई सस्तो पर्ने उद्योगीहरु बताउछन् ।
बिराटनगरमा पहिलो पटक रेल आउने भएको हो । रेलको लिग परिक्षण सफल भएके चार वर्ष भइसकेको छ । तर पनि बथना बाट मोरङको कटहरी गाउँपालिका सम्म भने रेल संचाल भने हुन सकेको छैन । कटहरी गाउँपालिका -१ मा जग्गा मुआब्जा बिबादको कारण काम रोकिएको हो ।