भेटे पहलगाममा मारिएका सुदिपका परिवारलाई भारतीय राजदूत श्रीवास्तले भेटे, यस्तो छ बाचा

0 Shares

काठमाडौं- जम्मू–काश्मिरस्थित पहलगाममा आतंकवादी हमलामा ज्यान गुमाउनु भएका सुदिप न्यौपानेका परिवारलाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटनुभएको छ ।

बुटवलस्थित आइतबार मृतक न्यौपानेको घरमा पुगेर परिवारसँग राजदूत श्रीवास्तवले भेट गर्नुभएको हो |घर पुगेर उहाँले परिवारजनमा समवेदना प्रकट गर्नुभएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय सरकारले आतंकवादीहरूविरूद्ध लड्ने र न्याय दिने पनि राजदूत श्रीवास्तवले प्रतिवद्धता जनाउनु भएको छ ।

 

सम्बन्धित समाचारसबै