कुकुरले टोके पछि कुकुरधनी माथि खुकुरी प्रहार

0 Shares

मिक्लाजुङ- मिक्लाजुङ गाउँपालिका–३ देवीथान गैरीगाउँमा छिमेकीको कुकुरले टोके पछि कुकुरधनी माथि खुकुरी प्रहार भएको हो |

हिजो बिहान १० बजे ५४ वर्षीय ललितबहादुर राईको कुकुरले छिमेकी ५४ वर्षीय सन्तबहादुर राईकी ४५ वर्षीया श्रीमती चन्द्रमाया मगर (राई) लाई टोकेको थियो।

उक्त घटनालाई लिएर दिउँसो ४:३५ बजे विवाद चर्किएपछि आक्रोशित सन्तबहादुरले कुकुरधनी ललितबहादुर राईको टाउकोमा खुकुरी प्रहार गरेका हुन्।

प्रहारबाट ललितबहादुरको टाउकोमा गहिरो चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेका कारण उनलाई गम्भीर अवस्थामै उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्ने सन्तबहादुर राईलाई खुकुरीसहित प्रहरी चौकी दशमी बजारले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचारसबै