0
Shares
काठमाडौं । स्मार्टफोन निर्माता सामसुङले आफ्नो एस सिरिजको नयाँ प्रिमियम स्मार्टफोन सार्वजनिक गरेको छ ।
सामसुङ ग्यालेक्सी एस २५ एज मोडेलको उक्त स्मार्टफोन पातलो र हलुका छ । यसको मोटाइ जम्मा ५.८ एमएम तथा वजन १६३ ग्राम रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२५ एज सामसुङको ग्यालेक्सी एस सिरिजको सबैभन्दा पातलो अर्थात् स्लीम स्मार्टफोन हो । कम्पनीले यो फोनलाई विश्व बजारभरका लागि लञ्च गरेको छ ।