उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

0 Shares

सियोल — उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको सरकारी मिडियाले बिहीबार रिपोर्ट गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त दुर्घटनालाई ‘आपराधिक कार्य’ भनेका छन् ।

बुधबार पूर्वी बन्दरगाह सहर चोङजिनमा पाँच हजार टनको नयाँ जहाज प्रक्षेपण गर्ने समारोहमा ‘एउटा गम्भीर दुर्घटना भएको’ आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ ।

दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले बिहीबार ‘धेरैवटा अज्ञात क्रुज मिसाइलहरू’ पनि प्रहार गरेको बताएको छ, जुन उत्तरको दक्षिण हाम्ग्योङ प्रान्त नजिकै जापान सागर पनि भनिने ‘पूर्वी सागरतिर प्रहार’ गरिएपछि पत्ता लागेको थियो ।

किमले अवलोकन गरेको विध्वंसकको असफल प्रक्षेपणका लागि ‘अनुभवहीन कमान्ड र परिचालन लापरबाही’ लाई दोष दिँदै केसिएनएले त्यहाँ एउटा दुर्घटना भएको र ‘युद्धपोतको तल्लो भागका केही भागहरू कुचिएको’ बताएको छ ।

सम्बन्धित समाचारसबै