जाइकाका अध्यक्ष र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता

0 Shares

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गरेकी छन्।

टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।भेटका क्रममा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत् जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।

भेटमा उनीहरुबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकहरुसम्बन्धी विषयमा पनि कुराकानी भएको थियो ।

सम्बन्धित समाचारसबै