0
Shares
काठमाडौँ- युक्रेनको पाँचौँ हिस्सा अहिले रुसी कब्जामा छ र रुसी नियन्त्रणमा बसिरहेका युक्रेनीहरू युद्ध अन्त्य गराउन भविष्यमा हुने कुनै सम्झौताले अहिलेको अवस्था फेरिने न्यून सम्भावना देख्छन्।
रुस नियन्त्रित विभिन्न सहरमा बसोबास गर्ने तीनजना युक्रेनीले उनीहरूले सामना गर्ने दबावहरूबारे बताएका छन् जसअन्तर्गत रुसी भिसा स्वीकार गर्न बाध्य पारिएकोदेखि प्रतिरोधका ससाना कार्य गर्ने जोखिमसम्म रहेका छन्।
सुरक्षाका कारण हामीले उनीहरूको वास्तविक नाम नबताएर माभका, पावलो र इरिना भनेर उल्लेख गरेका छौँ।
सन् २०२२ मा पूर्ण स्तरको रुसी अतिक्रमणका क्रममा अथवा आठ वर्षअघि क्राइमिया गाभेपछि मारिऊपोल होओस् कि मेलिटोपोल सबै ठाउमा सम्भावित खतरा उस्तै छ।