दलित बस्तीको बाटो बन्द गरी मन्दिरमा पर्खाल

0 Shares

सिराहा । विष्णुपुर गाउँपालिका ४ थलहा कटाहास्थित दुर्गा मन्दिरको पर्खाल निर्माणका कारण यहाँ रहेको दलित बस्तीको बाटो बन्द हुने भएको छ ।

मन्दिर घेर्ने क्रममा लगाएको पर्खालले  पश्चिम तर्फ रहेको १० घर महरा घरपरिवार मध्ये ६ परिवारको बाटो नै बन्द भएको हो।

मधेस प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास कार्यालय लहानबाट ५० लाख ६० हजार ४ सय ५५ रुपैयाँ निकास भएपछि दुर्गा मन्दिरको पर्खाल निर्माण जारी छ।

पर्खाल निर्माणका कारण स्थानीय सञ्जय महरा, रामशंकर महरा, शिवर महरा, जयनन्द महरा, शिवु महरा र बुधराम महराको घरबाट मूल सडकसम्म पुग्ने बाटो बन्द भएको छ । उनीहरूको घर अगाडि मन्दिरतर्फबाट ६ फिट बाटो छाडेर पर्खाल निर्माण गरेपछि गाउँको मुख्य सडकमा निस्किने बाटो ब्लक भएको हो ।

सँगै सँगै दलित बस्तीसँगै जोडिएको विघौंको पोखरी विवाद वर्षौँ देखि समाधान हुन सकेको छैन। तर, हेपाहा प्रवृत्तिका कारण दलित बस्ती नै ब्लक हुने गरी पर्खाल निर्माण गरेको स्थानीय राम एकवाल महराले दुखेसो गरे। उनले भने, ‘आज पनि यहाँ धेरै मानिसले राज्यको सम्पत्तिमा मोज गरिरहेको छ। तर, हामी दलित गरिबले प्रयोग गरेको सानो टुक्रा जमिनमा पनि यहाँका ‘पञ्च’ भन्नेहरूको गिदे नजर छ। हामी दलितहरू हेपाहा प्रवृद्विकाे सिकार भएका छौँ।’
दुर्गा मन्दिरको पश्चिम छेउतर्फ चौधरी महरा र रामएकवाल महराको घर छ । उनीहरूको घर अगाडि बाटो भने छुट्टाइएको छैन । राम एकवाल महराले आफ्नो घर अगाडि रहेको मन्दिरसम्म आफ्नो निजी जग्गा रहेको दाबी गरे । ‘मन्दिरसम्म हाम्रो जग्गा छ । ६ घरलाई बाटो नै ब्लक गरी पर्खाल निर्माण गर्न लागिएको छ,’ उनले गुनासो गरे ।
सम्बन्धित समाचारसबै