सौर्यमण्डलमा नयाँ पिण्डको खोज, छिट्टै नवौं ग्रह भेटिने अनुमान

0 Shares

काठमाडौँ — हाम्रो सौर्यमण्डलमा नवौं ग्रह रहेकोबारे वैज्ञानिकले वर्षौंदेखि अध्ययन गरिरहेका छन् । तर हालसम्म कुनै यथेस्ट प्रमाण भने भेटिसकेको छैन । तर हालै जापानी खगोलविद्ले सौर्यमण्डलको अन्तिम सीमामा सूर्यको चक्कर लगाइरहेको एक नयाँ पिण्डको खोज गरेका छन् ।

जसको नाम अम्मोनाइट राखिएको छ । यसको वैज्ञानिक नाम २०२३ केक्यू–१४ हो । यो पिण्डको अर्बिट विश्लेषणद्वारा यसको चाल सौर्यमण्डलको उक्त क्षेत्रमा घुम्ने अरु पिण्डको गणनासँग मेल नखाने पत्ता लागेको छ ।

जापानका खगोलविद्ले सुबारु टेलिस्कोपको सहयोगमा अम्मोनाइटको खोज गरेका हुन् । यसको पूरा शोध १५ जुलाईमा नेचर एस्ट्रोनोमीमा प्रकाशित गरिएको छ ।

के हो अम्मोनाइट?

अम्मोनाइट कुनै ग्रह या कुनै छुद्रग्रहभन्दा भिन्न छ । यो एक सेडनोइड हो । २०२४ केक्यू १४ सूर्यभन्दा कम्तिमा ६६ खगोलिय ईकाइ र सबैभन्दा नजिक २५२ एस्ट्रोनोमिकल युनिटमा रहेको बताइएको छ । एक खगोलिय ईकाइ पृथ्वी र सूर्यबीचको दूरी बराबर मानिन्छ ।

किन छ यति महत्त्वपूर्ण?

यसको रहस्यमय अर्बिटका कारण अम्मोनाइटलाई विशेष बनाएको छ । बरुण ग्रहभन्दा पर काइपर बेल्टमा कैयौं छोटा पिण्डहरुले सूर्यको चक्कर एकजस्तै दिशामा लगाउँछन् । यसमा छुद्र ग्रह सेड्ना र २०१३ भी ११३, २००४ भी एन ११२, २०१० जीबी १७४, २०१३ आरएफ ९८ र २००७ टीजी ४२२ जस्ता पिण्डहरु रहेका छन् ।

नवौं ग्रहको सम्भावना कति?

जापानको राष्ट्रिय खगोलीय प्रयोगशालाका डा. युकुन हुआङ्गले एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘२०२३ केक्यू १४ को मौजुदा कक्षा बाँकी ३ सेडनाइ८ ग्रहभन्दा भिन्न छ । यसैकारण नवौं ग्रहको सम्भावना कम हुन सक्छ । तर नवौं ग्रह हो भने यसको द्रव्यमान बरुणभन्दा पनि बढी हुनसक्छ । र सूर्यभन्दा ४ सय देखि ८ सय एस्ट्रोनोमिकल युनिटको दूरीमा हुनसक्छ ।’

चिलिमा स्थित भेरा.सी रुबिन प्रयोगशालालाई नवौं ग्रहको खोजका लागि सबैभन्दा अग्रपंक्तिको मानिन्छ । यो खोज सन् २०२६ मा पूरा हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारसबै