सरकारले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल क्रमशः निष्क्रिय बनाउन बिहीवार निर्णय गरेपछि शुक्रवार बिहानसम्म तीन कम्पनी सम्पर्कमा आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ताले बताएका छन्।
“वीच्याटले समेत यस निर्णयबाट आफूहरूको ध्यानाकर्षण भएको भन्दै प्रक्रिया अघि बढाउन प्रतिनिधि पठाएको अवस्था छ। थप कुरा हुन बाँकी छ।”
“यी धेरैजसो एपमा आधारित सेवा भएकाले त्यसले इन्टरनेट खपतमा समेत पार्ने व्यापक प्रभावको वास्तविक लेखाजोखा त्यसपछि थाहा हुने छ,” आईएसपीएएनका अध्यक्ष सुधीर पराजुलीले भने।
सरकारले निष्क्रिय पार्ने सूचीमा २६ वटा सामाजिक सञ्जाललाई राखेको थियो।
केही प्रयोगकर्ताले बिहीवार रातिदेखि विभिन्न एप चल्न छोडेको जनाएका छन् भने केहीले शुक्रवार बिहानसम्म आफूले कुनै समस्या नभोगेको बताएका छन्। इन्टरनेट सेवाअनुसार पनि भिन्न खालको प्रभाव परेको देखिएको छ।