विराटनगर महानगरको सेवा अनिश्चित, चोरिएका सामग्री फिर्ता गर्न आग्रह

0 Shares

विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड, लुटपाट र आगजनी गर्दा विराटनगर महानगरपालिकाको मुख्य कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ। कार्यालय भवन, अधिकांश कागजात, उपकरण र सवारी साधन जलेर नष्ट भएका कारण तत्काल सेवा सञ्चालन असम्भव भएको जनाइएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालका अनुसार, उपप्रमुख शिल्पा निरला कार्कीको कार्यकक्ष बाहेक सम्पूर्ण कक्षमा क्षति पुगेको छ। “कार्यालय लगभग शून्य अवस्थामा पुगेको छ,” दुलालले जानकारी भने, “तत्काल सेवा पुनः सञ्चालन गर्न सक्ने स्थिति छैन।”

महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै आन्दोलनका क्रममा नगर कार्यपालिकाको कार्यालयसहित अधिकांश वडा कार्यालयहरूमा भएको क्षतिबारे जानकारी गराएको छ। अभिलेख तथा कागजात नष्ट भएकाले स्वास्थ्य, दमकल र सरसफाइबाहेकका अन्य सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।

सम्बन्धित समाचारसबै