काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तव अस्वीकार गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा एजेण्डाका रूपमा नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने प्रस्ताव गरेका थिए ।