काठमाडौं । सुकुमवासी बस्ती हटाउने विषयमा सरकार र आन्दोलनरत पक्षबीच तनाव बढ्ने संकेत देखिएको छ।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा ले बल प्रयोग गरेर बस्ती खाली गराउने प्रयास भए कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।
बिहीबार शंखमूलस्थित कार्यालयमा बसेको मोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेको हो। मोर्चाका उपाध्यक्ष पवन गुरुङ का अनुसार सञ्चारमाध्यममा बस्ती हटाउने तयारीबारे समाचार आएपछि आकस्मिक बैठक बोलाइएको थियो।
उनका अनुसार, “यदि सरकारको निर्णय लागू गर्न बल प्रयोग गरियो भने, हामी आफ्नो सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न तयार छौँ र जसरी पनि प्रतिरोध गर्छौँ।”
यता, प्रधानमन्त्री शाह ले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबार बस्ती खाली गराउने तयारी गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।
सरकारको सम्भावित कदम र मोर्चाको चेतावनीसँगै काठमाडौंका विभिन्न सुकुमवासी बस्ती क्षेत्रमा अवस्था संवेदनशील बन्दै गएको छ।