0
Shares
गृहमन्त्री ओमप्रकाश अर्यालले चिनियाँ राजदूत चेन सोङसँग भेटमा नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन्।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा दुई जनाबीच शिष्टाचार भेट भएको हो।
भेटको क्रममा मन्त्रीले एक चीन नीति प्रति नेपाल दृढ र अविचलित रहेको प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले नेपालले चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि आफ्नो भूमिमा गर्न नदिने उल्लेख गरे।
मन्त्री अर्यालले पञ्चशीलका पाँच सिद्धान्तहरू र ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा आधारित आपसी मित्रता र विश्वासको सम्बन्धको प्रशंसा गर्दै व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न प्रतिबद्धता जनाएका छन्।