अँग्रेजी नयाँ बर्ष मनाउन पोखरा आउन व्यवसायीहरुको आग्रह

0 Shares
pokhra sadak mahotsab

विराटनगर १ पुस

अँग्रेजी नयाँ बर्षमा आयोजना हुने सडक महोत्वसको अवसरमा घुमफिर गर्न आउन पोखराका पर्यटन व्यवसायीहरुले कोशी प्रदेशवासीलाई आग्रह गरेका छन ।

यही १३ देखी१७ पुस (२७ डिसेम्बरदेखी १ जनवरीसम्म पोखरामा आयोजना हुने २७ औ सडक महोत्सवको अवसरमा घुमफिर गर्न आउन पर्यटन व्यवसायीहरुले कोशी प्रदेशबासीलाई आग्रह गरेका हुन ।

नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान र स्थानीय अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले अँग्रेजी नयाँबर्ष २०२६ को अवसरमा पाँचदिने सडक महोत्वस समेत आयोजना हुने भएकोले घुमफिर गरेर आनन्द लिन आउनु उत्तम अवसर हुने सडक महोत्वस आयोजक समिति संयोजक तथा पोखरा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) का प्रथम उपाध्यक्ष बसन्त गौतमले बताए ।

उनका अनुसार पोखराको लेकसाईडको तीन किलोमिटर क्षेत्रमा सडकमै खाउँ , सडकमै रमाउँ र सडकमै नाचौ भन्ने नारा सहित २७ औ सडक महोत्वसको सबै तयारी पुरा भैसकेको छ । उनले अँग्रेजी नयाँ बर्षमा पोखरा घुमफिर गर्न आउने आन्तरिक र विदेशी पर्यटकहरुलाई गुनासो आउन नदिनेगरि सेवा दिन सबै पर्यटन व्यवसायीहरु उत्सुक रहेको बताए।

‘ टुरिज्जम डेस्टिनेसन फर इङ्ग्लिस न्यु इयर’को अवधारणाअन्तर्गत होटल, रेस्टुरेन्ट, ट्राभल तथा पर्यटन व्यवसायीको सहकार्यमा सहित आयोजना हुने सडक महोत्सवमा विशेष प्याकेज सहित विभिन्न सांगीतिक र सांस्कृतिक प्रस्तुति हुनेछन । यसैगरि रैथाने खानका परिकार , साहसिक खेलकुद गतिविधि र पर्यटनको अवर र चुनौतीबारे विज्ञहरुको साक्षात्कार कार्यक्रमहरु पनि आयोजना हुनेछन।

पछिल्ला वर्षमा पर्यटन क्षेत्रमा आएको मन्दीपछि पोखरामा पहिले झै यसपाली पनि २७ औ पटक सडक महोत्वसलाई निरन्तरता दिइएको पोखराका पर्यटन व्यवसायीहरु बताउँछन ।

विराटनगरका पर्यटन व्यवासायी भवेश श्रेष्ठले अन्तर प्रदेशको होटल व्यवसाय, यातायात, रेष्टुरेन्ट, हस्तकला तथा स्थानीय उत्पादनको बजार विस्तार अनि साँस्कृतिक कला परम्परात जानकारी गराउन पोखरा सडक महोत्सव उपयोगी हुने बताए।

 

पोखरा महानगरपालिकाको मुख्य सहयोग रहेको पोखरा सडक महोत्सव २०८२लाई सफल बनाउन पर्यटन बोर्ड, होटल संघ, रेष्टुरेन्ट तथा क्षेत्रले सहकार्य गरेका छन । सडक महोत्वले दीर्घकालीन रूपमा पोखराको आन्तकिर पर्यटनको ब्रान्डिङमा टेवा पुग्ने र वर्षको अन्त्यमा मात्रै नभई अन्य समय पनि पर्यटक आकर्षण बढ्ने विश्वास व्यक्त गरेका छन्।

पोखराका पर्यटन व्यवसायीहरुले २८ मंसिरदेखी कोशी , मधेश र वाग्मती प्रदेशमा प्रचार प्रसार अभियान सञ्चालन गरेका छन ।

सम्बन्धित समाचारसबै