विज्ञ ईन्जिनियर डा रेखा श्रेष्ठले नेपालमा ईन्जिनियर महिलाहरु बढाएर महिलामैत्री संरचनाहरु निर्माण गराउने सपना राखेकी छन ।
कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयमा तीन महिनाअघि डिनका रूपमा नियुक्त भएकी डा. रेखा श्रेष्ठ केवल अनुभव सहितकी सिभिल÷स्ट्रक्चरल इन्जिनियर मात्र होइनन , भुकम्प विज्ञ ईन्जिनियर पनि हुन । उनी नेपालमा न्युन सङ्ख्यामा रहेका महिला वरिष्ठ प्राविधिक नेतृमध्ये एक प्रभावशाली विज्ञ ईन्जिनियर पनि हुन ।
रसियाबाट सिभिल, इन्डस्ट्रियल तथा स्ट्रक्चरल इन्जिनियरिङमा उच्च शिक्षा (मास्टर्स र पिएचडी) हासिल गरेकी ईन्जिनियर डा रेखाले रसियाबाटै स्ट्रक्चरल ईन्जिनियरिङमा पिचएडी गरेकी छन । शिक्षक, अनुसन्धानकर्ता, प्राविधिक प्रशासनिक नेतृत्व र संयुक्त राष्ट्रसंघको नेपालस्थित मिशनका संरचनात्मक इन्जिनियर आदि अनेकौ भूमिकामा विज्ञ र अनुभवी ईन्जिनियर डा रेखा दुई दशकभन्दा बढी समय सक्रिय रहिसकेकी छन ।
नेपाल इन्जिनियरिङ कलेजमा निर्देशकको सात वर्षको कार्यकाल, १० वर्षको यूएन सेवा, विभिन्न सरकारी निकाय तथा धरान उपमहानगरपालिकाका सूचीकृत विशेषज्ञका रूपमा काम र निजी कन्सल्टेन्सीमार्फत धेरै संरचनात्मक परियोजनाको नेतृत्व गरिसकेकाई ईन्जिनियर रेखा इन्जिनियरिङ समुदायमा समेत प्रतिष्ठित छन ।
२०७२ को भूकम्पपछिको राष्ट्रिय पुनर्निर्माण म्यानुअल–दस्तावेजमा समेत उनको प्राविधिक योगदान अंकित छ । गत तीन महिनादेखी कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतको स्कुल अफ ईन्जिनियरिङ भागमा डा रेखा डिन (विभागिय प्रमुख) का रुपमा कार्यरत छन ।
मनमोहनमा केही गरेरै देखाउने सपना
भक्त्तपुरको रैथाने मध्यमबर्गीय परिवारकी डा रेखाले पढाईपछिको दुई दशकको समय काठमाण्डौमई प्राध्यापन , अध्यन अनुसन्धान र ईन्जिनियरिङ पेशामा विताइन । काठमाण्डौ बाहेक पनि देशभरि ईन्जिनियरिङ पढाउनुपर्छ र पढाउन सकिन्छ भन्ने सोच बोकेकी रेखाको चाहना आफनो चार बर्षे कार्यकालमा मनमोहनमा केही नयाँ सृजनात्मक काम गरेर देखाउने छ । विज्ञ डिन श्रेष्ठ भन्छिन्, ’यहाँ आउनुअघि नै मैले विश्वविद्यालयको अध्ययन गरेकी थिएँ।
नयाँ संस्था—चुनौती धेरै हुन्छ भन्ने थाहा थियो। तर म विज्ञता, अनुभव र प्रतिबद्धतासहित आफै आएकोले यहाँ केही देखिने गरी काम गर्ने नै मेरो अठोट छ ।«’ उनले मनमोहनको चारबर्षे कार्यकालमा एकसय जति दक्ष ईन्जिनियर उत्पादन गरेर प्रदेश सरकारलाई दिने , कोशी प्रदेशको आवश्यकता अनुसार ईन्जिनियरिङका थप नयाँ बिषयहरुमा पनि पाठन पठन गराउने र आवश्यक परेमा सरकार र संसदीय समितिहरुलाई मात्र नभएर कोशीको समाजलाई पनि सिभिल , औधोगिक र ÷स्ट्रक्चरल ईन्जिरिनियरिङमा केही गरेर देखाउने चाहना विज्ञ ईन्जिनियर रेखाको छ ।
उनका अनुसार कोशी प्रदेशमा हाल पूर्वाधार विकासको ठूलो सम्भावना रहे पनि आफनै प्रदेशका पर्याप्त दक्ष इन्जिनियरहरूको चाँही अभाव छ । कोशीमा सडक, पुल, भवन, स्वास्थ्य–शिक्षा संरचना, जलस्रोत व्यवस्थापनदेखि जलविद्युत् परियोजनासम्म सरकारी लगानी बढ्दै गएको हुँदा सक्षम प्राविधिकको आवश्यकता झनै तीव्र छ।
बाढी, भूस्खलन, भूकम्पजस्ता जोखिम बढी हुने कोशी प्रदेशमा रिक्स–रेजिलियन्ट संरचनाका लागि संरचनात्मक, सिभिल र जियो–टेक्निकल इन्जिनियरको माग लगातार बढिरहेको उनी विज्ञ ईन्जिनियर डा रेखा बताउँछिन ।
महिलामैत्री संरचना र महिला इन्जिनियर नेतृत्व
विज्ञ ईन्जिनियर रेखाका अनुसार नेपालमा महिला ईन्जिनियरहरु कम रहेको र त्यसमा विज्ञ ईन्जिनियरहरु त झनै कम छन । यसैले महिला ईन्जिनियरहरुको संख्या १३ प्रतिशतमै सिमित नराखी ३३ प्रतिशत पुरयाउनुपर्नेमा उनी जोड दिन्छिन । अझै पनि महिला ईन्जिनियरहरु सरकारी क्षेत्रको निर्णायक तहमा पुगिसकेका छैनन ।
उनीहरुले नेतृत्व तहमा पुग्न अझै धेरै चुनौतीको सामना गरिरहनुपरको छ । महिलालाई नेतृत्व तहमा नपुरयाई महिला ईन्जिनियरहरुले उचित सम्मान पाउन नसक्ने मात्र हैन महिलामैत्री भौतिक संरचनाहरु बन्न नसकेको उनको बुझाई छ । अझै मन्त्रालय, निर्देशनालय, सरकारी÷निजी नेतृत्व तहमा महिलाहरू पुगिसकेका छैनन ।
विज्ञ र अनुवभी ईन्जिनियर रेखा महिला नेतृत्वमा पुगेपछि प्रकाशयुक्त सडक, सुरक्षित बसपार्क, महिला–मैत्री शौचालय, बच्चा–सहज कक्ष, सिसीटिभीसहितका पार्क, साइकल लेन जस्ता अनेकौ महिलामैत्री संरचना निर्माण गर्न गराउन स्वत प्राथमिकतामा पर्छन किनभने लैङ्गिक दृष्टिकोणसहितको पूर्वाधार विकास नै दिगो विकासको आधार हो ।
नेपालमा औलामै गन्न सकिने महिला ईन्जिनियर विज्ञ मध्येकी एक डा. श्रेष्ठ स्पष्ट रूपमा भन्छिन ‘महिला इन्जिनियर नेतृत्वमा पुगेमा मात्र सरकारी गैरसरकारी संरचनाहरू अधिक सुरक्षित, समावेशी र महिलामैत्री हुन्छन् नत्र सोच बदल्न बर्षौ लाग्नेछ । ’
कसरी बन्ने सफल इन्जिनियर ?
विज्ञ र अनुभवि ईन्जिनियर डा. रेखाका अनुसार, एक उत्कृष्ट इन्जिनियरका पाँच मूल आधार हुन्छन । ज्ञान, सीप, इमानदारिता, जिम्मेवारी र निरन्तर सिकाइ । सफल इन्जिनियर बन्नका लागि तर्क, गणित, भौतिकशास्त्र, विश्लेषण क्षमता र सूक्ष्म विवरणप्रतिको ध्यानलाई अनिवार्य मान्छिन् । साथै अटो–क्याड, ई–ट्याब्स, आदि आधुनिक सफ्टवेयर, सर्भे उपकरणको दक्षता र मजदुरदेखि ठेकेदार तथा सरकारी अधिकारीहरु सबैसँग संवाद गर्न सक्ने क्षमतालाई उनी ईन्जिनियरहरुको मुख्य व्यवहारिक सीपका रूपमा हेर्छिन । ‘ईन्जिनियरको सानो गल्तीले पनि भवन भत्किन सक्छन । मेसिन बिग्रन सक्छ । विद्युत् लाइन सर्ट भएर आगलागी हुन सक्छ । त्यसैले ईन्जिनियरको डिजाइनदेखि मापन मात्र नभएर निर्माणसम्म सबै शुद्ध हुनुपर्छ ’ उनी भन्छिन्।
इन्जिनियरको पनि समाजप्रतिको दायित्व हुन्छ
डा. श्रेष्ठ इन्जिनियरलाई केवल ‘नाफामुखी पेशा’ मान्नु गलत ठान्छिन् । समाजकै अंग भएकाले मंदिर, घाट, सामुदायिक भवन, साना सडक, नाला–कल्भर्टदेखि स्थानीय संरचना सुधारमा ईन्जिनियरहरुले आफ्नो सीप समाजिक उत्तरदायित्व सम्झेर विनामूल्य सहयोग गर्नुपर्छ भन्ने उनको धारणा छ । पश्चिम जाजरकोटको ऐतिहासिक दरबार संरक्षण नहुँदा खण्डहर बनेको उदाहरण सुनाउँछै विज्ञ ईन्जिनियर रेखा भन्छिन ’यदि त्यहाँ समयमै इन्जिनियरिङ हस्तक्षेप भएर पुर्वाधारहरु बनेको भए त्यो दरबार ऐतिहासिक पर्यटन–केन्द्र बन्न सक्थ्यो । ‘
इन्जिनियरले भ्रष्टाचारलाई साथ दिनु हुँदैन
भौतिक निर्माण र पुर्वाधार विकासलाई मेरुदण्ड ठान्ने विज्ञ ईन्जिनियर रेखा ईन्जिनियरहरले कहिल्यै पनि भ्रष्टचारलाई सहयोग गर्नहुदैन भन्ने मान्यता बोक्छिन । इन्जिनियरको हस्ताक्षर ‘ जैविक जीवनसँग जोडिएको’ हुनाले भ्रष्टाचार, गुणस्तरहीन सामग्री, कमजोर डिजाइन, अनावश्यक लागतवृद्धि, अनियमित भुक्तानी, ढिलासुस्ती, गलत परीक्षणजस्ता कार्यलाई उनी इन्जिनियरिङ आचारसंहिताविपरीत ठान्छिन । ‘हामीले गलत निर्णय ग¥यौँ भने व्यक्तिमात्र होइन—संसाधन, समय र राष्ट्रिय विकास नै दशकौँ पछाडि धकेलिन्छ यसेले ईन्जिनियरहरुले हेरफेर गरिदिएर भ्रष्टचारलाई सहयोग गर्नेहुदैन यदि यसो भयो भने व्यक्त्ति र संस्थाको पैसा र समयमको लगानी मात्र खेर जादैन विकास नै धेरै पछाडी धकेलिन्छ ।’
आगलागीपछि– निःशुल्क निरीक्षण
२४ भदौमा जेनजी आन्दोलनले गर्दा कोशी प्रदेशको राजधानी विराटनगरमा आगजनीले धेरै क्षति भयो । सबै मन्त्रालय , प्रदेश सभा , महानगर र कार्यालयहरु मात्र हैन निजी सार्वजनिक संरचना र व्यक्त्तिका घरहरु समेत जलेर नष्ट भए ।
जेनजी आन्दोलनमा विराटनगरका सरकारी संरचनामा आगलागी हुँदा डा. श्रेष्ठ नेतृत्वमा मनमोहन विश्वविद्यालयमा ईन्जिनियरिङ विभागको डिनको जिम्मेवारी सम्हालिसकेकी थिइन । आगलानीले महत्वपुर्ण संचरनाहरु ध्वस्त बनाएको देखेर उनी चुपचाप बस्न सकिनन । आफना दक्षक प्राध्यापक ईन्जिनियरहरुको समुह लिएर उनी महानगर र मन्त्रायहरुको भौतिक अवस्था प्रारम्भी जाँचबुझ गर्न हिडिन । एक हप्ता लगाएर उनको टिमले सरकारलाई प्रारम्भिक प्रतिवेदन पनि दियो । डिन रेखाले भनिन ‘ मनभत्भती पोलेपछि हामी मनमोहनका इन्जिनियर टोलीले सामाजिक उत्तरदायित्व स्वरूप निशुल्क भौतिक निरीक्षण र क्षति–मूल्याङ्कन गरेका हौ कुनै लाभ वा स्वार्थका लागि हैन ।’
विज्ञ ईन्जिनियर डा रेखका अनुसार अनुसार भुकम्प र आगलागीमा क्षतिपुगेका भौतिक संरचनाहरुमा ईन्जिनियरहरुले हरियो–पहेंलो–रातो लेबलिङ (सामान्य, सुदृढिकरण आवश्यक, प्रयोग जोखिमयुक्त) गरेर स्टिकर लगाईदिन्छन , मनमोहनकाा ईन्जिनियर टोलीले पनि महानगर मन्त्रालयहरुको यस्तै गरि प्रतिवेदन तयार गरेर प्रदेश सरकारलाई दिएको छ । कोशी सरकारले आवश्यक ठानेमा पुर्ननिर्माणमा पनि सहयोग गर्ने मनमोहनका ईन्जिनियरहरुको चाहना छ । आफनो टिमको चाहना विज्ञ ईन्जिनियर रेखा यसरी सुनाउँछिन सरकारले हतारमा भत्काउन वा राजनीतिक निर्णय गर्नुभन्दा विज्ञको सुझावअनुसार संरक्षण सहितको पुननिर्माणलाई प्राथमिकता दिनु आवश्यक छ ।’