नेपाली कम्युनिष्ट पार्टी मोरङले केन्द्रको सर्कुलरपछि पहिलो पटक आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ६ वटै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।
सिफारिस अनुसार पुर्वमन्त्री अमनलाल मोदीलाई मोरङको ४ र ६ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेवारदकालागि सिफारिस गरिएको छ ।मोदीले २०७४मा ४ नम्बरबाट काँग्रेसका महेश आचार्यलाई र २०७९ को निर्वाचनमा एमालेका विनोद ढकाललाई पराजित गरेका थिए । तीन पटक विद्यायक र एक पटक मन्त्री भैसकेका मोदी मोरङको क्षेत्र नम्बर ६ को डंग्राहा निवासी हुन ।
मोरङको क्षेत्र नम्बर ५ वाट पुर्व मन्त्री शिवकुमार मण्डलाई सिफारिस गरिएको छ । चार पटक विद्यायक र एक पटक मन्त्री भैसकेका मण्डल गत निर्वाचनमा हाल सिफारिस भएको क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलबाट पराजित भएका थिए । क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ पुर्व विद्यायक तथा नेकपाका केन्द्रिय नेता सावित्रीकुमार काफलेलाई सिफारिस गरिएको छ ।
नेकपा मोरङले गरेको सिफारिस अनुसार मोरङको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कुलप्रसाद साम्बा लिम्बु , उपेन्द्र घिमिरे , रुपेश खतिवडा , कल्पना राई सहित ९ जना र समानुपातिक तर्फ प्रेम मिभक, बलबहादु घिसिङ, दिनेश परियार ममता राजवंशी लगायत ६ जना छन ।
क्षेत्र नम्बर २ वाट प्रत्यक्षतर्फ, प्रकाश पौडेल , चन्द्रवीर राई , राजेन्द्र मण्डल लगायत ६ जना छन । समानुपातिकतर्फ , अर्जुन ऋषिदेव , तारा ओझा , कुल्लु राजबंशी लगायत १० जना छन ।
क्षेत्र नम्बर ३ वटा प्रत्यक्षतर्फ सावित्री काफले , देउमान तुम्वाहाम्फे,चन्द्र गुरुङ र समानुपातिकतर्फ अरुण सुन्दास, शुसिला घिमिरे , अमृत सुब्बा लगायत ६ जना छ ।
क्षेत्र नम्बर ४ बाट प्रत्यतर्फ एकल रुपमा अमनला मोदी र समानुपातिकतर्फ पन्चु पासवान , डा मेदनी सेढाई पक्कुला थारु ल्गायत १०जना छन ।
क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा , शिवकुमार मण्डललाई एकल सिफारिस गरिएको छ भने समानुपातिकतर्फ भोगेन्द्र यादवलाई मात्र सिफारिस गरिएको छ ।
यसैगरि क्षेत्र नम्बर ६ बाट प्रत्यक्षमा अमनला मोदी, जिवन अचार्य , वसिम आलम लगायत १० जना र समानुपातिकमा शुसिला घिमिरे , सीता कडरिया लक्ष्मी न्यौपाने ,कपिल सुनार लगायत ११ जना सिफारिस भएका छन ।