सात महिनामा ८ अर्बभन्दा बढीको अलैंची निर्यात

0 Shares

काठमाडौँ । मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ। यस अवधिमा ४,१५३.१५ मेट्रिकटन अलैंची विदेश पठाइएको सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिएका छन्।

निर्यात मूल्यका आधारमा यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९.८० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो सात महिनामा ५ अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो।

यता, चिया निर्यात भने घटेको छ। भन्सार कार्यालयको तथ्याङ्कअनुसार सात महिनामा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.७० प्रतिशतले कम हो। गत वर्ष यस अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।

व्यापारिक तथ्याङ्कले अलैंची निर्यातमा उल्लेख्य वृद्धि देखिए पनि चिया निर्यातमा आएको गिरावटले कृषि निर्यातको संरचनामा मिश्रित अवस्था देखाएको छ।

सम्बन्धित समाचारसबै