0
Shares
जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत महिला करातेको कुमितेमा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन्।
६८ केजीमाथिको तौल समूहमा एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २–१ अंकले पराजित भइन्। सेमिफाइनलमा हार बेहोरे पनि एरिकाले नेपालका लागि काँस्य पदक पक्का गरेकी छन्।
एरिकाले यसअघि गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्। यसपटक पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै पदकको निरन्तरता कायम गरेकी छन्।