म्याच फिक्सिङ आरोपमा एन्फाका दुई अधिकारी पक्राउ

0 Shares

काठमाडौँ । फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो गरी म्याच फिक्सिङ गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का दुई अधिकारी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एन्फाका कोषाध्यक्ष ६० वर्षीय रविन्द्र जोशी र लेखा अधिकृत ५५ वर्षीय सञ्जीव पाण्डेलाई पक्राउ गरेको हो।

राष्ट्रिय खेलकुद परिषद्को पत्र तथा वसन्त रिजालको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा उनीहरू पक्राउ परेको सीआईबीले जनाएको छ।

जोशी ललितपुर महानगरपालिका–३ पुल्चोकका तथा पाण्डे ललितपुर महानगरपालिका–५ लगनखेल, थसीखेलका हुन्।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धानका लागि प्रहरी परिसर ललितपुरबाट चार दिनको म्याद थप गरिएको छ। अनुसन्धानबाट उनीहरूको संलग्नता र म्याच फिक्सिङसँग जोडिएका अन्य पक्षबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै