बसमा आगलागी, चालकले नै लगाएको आशंका

0 Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रोकिराखेको बसभित्र अचानक आगो लाग्दा चालक गम्भीर घाइते भएका छन्।

ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा काभ्रेको पनौतीका २५ वर्षीय चालक दावा लामा घाइते भएका हुन्। आगलागीपछि प्रहरीले उनलाई तत्काल उद्धार गरे पनि उनी त्यतिबेलै अचेत अवस्थामा थिए।

गम्भीर अवस्थामा रहेका लामालाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।

घटनाका बेला बसमा यात्रु भने थिएनन्। जिल्ला प्रहरी परिसर भद्रकालीका डीएसपी राजेश थापाका अनुसार प्रारम्भिक अनुसन्धानमा चालक आफैँले बसमा आगो लगाएको हुनसक्ने आशंका गरिएको छ।

घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै