0
Shares
काठमाडौंमा इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ। हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा सुरु भएको हो।
परम्परागत बाजागाजासहित धार्मिक विधि र पूजाआजा गरेर लिङ्गो ठड्याइएको हो। लिङ्गो ठड्याउने विधिलाई इन्द्रजात्राको मुख्य सुरुवाती संस्कारका रूपमा लिइन्छ।
लिङ्गो ठडिएसँगै अब इन्द्रजात्राका विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम अघि बढ्नेछन्। जात्राका क्रममा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ।
हनुमानढोका र आसपासका क्षेत्रमा जात्राका विभिन्न रथ तथा देवीदेवताका मूर्ति दर्शन गर्न श्रद्धालु र सर्वसाधारणको बाक्लो भीड लाग्ने गर्छ।