विराटनगरमा यामाहाको लोकप्रिय एक्सएक्सआर बाइक अब नयाँ निलो रङमा उपलब्ध हुने भएको छ। यामाहाको आधिकारिक विक्रेता तिरुपति अटो प्यालेस प्रा.लि., मुनालपथले भोलि विशेष कार्यक्रम आयोजना गरी एक्सएक्सआरको नयाँ निलो रङ लन्च गर्न लागेको हो।
ग्राहकको बदलिँदो रुचि र बजारमा बढ्दो मागलाई ध्यानमा राख्दै नयाँ रङ थप गर्न लागिएको तिरुपति अटो प्यालेसले जनाएको छ। अहिले एक्सएक्सआरमा कालो, रातो र सेतो रङका बाइकको बिक्री उच्च रहेको छ। नयाँ निलो रङ थपिएसँगै ग्राहकले आफ्नो रोजाइअनुसार थप विकल्प पाउने भएका छन्।
तिरुपति अटो प्यालेसका सञ्चालक नयन पराजुलीका अनुसार पछिल्लो समय युवा पुस्तामाझ स्टाइलिस र आकर्षक डिजाइन भएका मोटरसाइकलको माग बढिरहेको छ।एक्सएक्सआरको आकर्षक लुक, स्पोर्टी डिजाइन र आरामदायी राइडिङका कारण ग्राहकको रोजाइमा यो बाइक पर्दै आएको उनले बताए।
यामाहा एक्सएक्सआरमा आकर्षक डिजाइनसँगै दैनिक आवतजावत र लामो दूरीको यात्रालाई ध्यानमा राखिएका विभिन्न सुविधाहरू उपलब्ध छन्। बाइकको ह्यान्डलिङ, राइडिङ कम्फर्ट, डिजाइन तथा आधुनिक फिचरले प्रयोगकर्तालाई सहज र आरामदायी यात्राको अनुभव दिने कम्पनीको दाबी छ।
भोलि हुने लन्चिङ कार्यक्रममा एक्सएक्सआरको नयाँ निलो रङ सार्वजनिक गर्नुका साथै बाइकका विशेषता, मूल्य, उपलब्धता तथा ग्राहकका लागि रहेका सुविधाबारे जानकारी दिइनेछ।
मुनालपथस्थित तिरुपति अटो प्यालेसमा हुने कार्यक्रमपछि नयाँ निलो रङको एक्सएक्सआर बजारमा बिक्रीका लागि उपलब्ध हुने जनाइएको छ। कालो, रातो र सेतो रङले बजारमा राम्रो बिक्री पाइरहेका बेला थपिन लागेको निलो रङले ग्राहकलाई थप विकल्प दिने अपेक्षा गरिएको छ।