बिराटनगर ||
बिराटनगरको देवकोटा चोकमा डाक्टर मौमिता देवानाथ्को सम्झनामा हार्दिक श्रदान्जली कार्यक्रम सम्पन्न भएको छ।
गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरि र उनका टोलीहरु देवकोटा चोकमा सरकार भेटियो , न्याय भेटिएन को नारा सहित मंगलबार साँझ दिप प्रज्वलन गरि उक्त कार्यक्रम गरेको हो।
कोलकाताको आरजी कर मेडिकल कलेजमा एमबिबिएसपछि इन्टर्नशीप गरिरहेकी डा. मौमिता देवनाथ ३६ घण्टाको सिफ्टपछि उनी कलेजकै एउटा कोठामा सुतिन् । तर राति (बिहान ३ बजेको समयमा) मौमिता सुतिरहेको कोठामा एक जना पुरुष छिरेर बलात्कार गरे । बिहान कलेजको सेमिनार हलमा मौमिताको शव अर्थनग्न अवस्थामा फेला परेको थियो । उक्त संसारलाइ नै बिचलित पार्ने घटनाको दोषीलाइ कडा भन्दा कडा सजाय हुनुपर्ने माग राख्दै अध्यक्ष गिरिले कार्यक्रमको सुभारम्भ गरेका थिए।
अध्यक्ष गिरिले भने :- संसारमा भगवान छन् वा छैनन् ? त्यो सबै समुदाय र व्यक्तिको आस्थामा भर पर्छ । तर, मानिसको ज्यान जोगाउने गरेका डाक्टरलाई भगवान मान्न सायद कोही पनि अप्ठेरो मान्दैनन् । मानिसको जीवन रक्षाको सवाल हुने भएकाले अस्पताल क्षेत्रलाई निकै संवेदनशील मानिन्छ । तर त्यही ठाउँमा एउटा महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या भयो हुन्छ भनेर कसैले सोच्न सक्छ ?
यो घटनाबाट हामीलाई बिचल्लित बनाएको छ। गिरि फाउन्डेसन र समग्र बिराटनगरवासी हामि न्यायको लागि आवाज उठाउने पर्छ र नेपाल सरकार संग पनि यस्ता घटना नदोहोरिन राज्यले कडा भन्दा कडा सजायको व्यवस्था ल्याउनुपर्छ ताकि आउने दिनहरुमा यस्ता घटना गर्ने राक्षसहरुलाइ हजारौ पटक सोच्नुपरोस।
